लागुऔषध गाजाँसहित २ जना प्रहरीको नियन्त्रणमा

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार १७:३५
;

मकवानपुर प्रहरीले लागुऔषध गाजाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । १० किलो १ सय ८० ग्राम गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा  चालक जिल्ला सर्लाही हरिपुर नगरपालिका वडा नं. ९ बस्ने २४ बर्षका रंजित कुमार गुप्ता र कारमा सवार जिल्ला सर्लाही हरिपुर नगरपालिका वडा नं. ९ बस्ने बाल कृष्ण गुप्ता रहेका छन् । 

मकवानपुरको मनहरीबाट हेटौंडातर्फ आउदै गरेको बीआर–०१–सीएम ६२४६ नम्बर प्लेटको भारतीय कारलाई रोकी कारमा सवार मानिसहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा २ वटा पोकामा गाजाँ बरामद भएको प्रहरीले जनाएको छ  । 

हेटौडा उपमहानगरपालिका वडा नं. १९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्र.ना.नि. राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले  विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*