शुल्क वृद्धीप्रति आपत्ती जनाउदैँ रिले अनशन

हेटौडा न्युज
२२ पुष २०७६, मंगलवार १८:१९
;

क्याम्पस प्रशासनको शुल्क वृद्धि प्रती आपत्ति जनाउदै स्ववियू, अनेरास्ववियू र अनेरास्ववियू ९क्रान्तिकारी० का विद्यार्थीहरुले संयुक्त रिले अनशन सुरु गरेका छन ।

मंगलबार १ बजे देखि  क्याम्पस प्राङ्गणमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्याम्पसका सभापती कुमार के।सि, अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष एम.बि बस्नेत र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रामकृष्ण सिवाकोटी रिले अनशन सुरु गरेका हुन ।

""

अनशनलाई थप दबाबमुलक बनाउन क्रमश संगठनका उपाध्यक्ष, सचिव लगायतका विद्यार्थी नेताहरुले रिले अनशन बस्ने छ्न । माग पूरा नभएसम्म रिले अनशन जारी रहने स्ववियुले जनाएको छ ।

गत पौष २० गते क्याम्पस प्रशासनले क्याम्पस घाटामा रहेको भन्दै विद्यार्थीको भर्ना शुल्कमा सत प्रतिसत र मासीक शुल्कमा ६५ प्रतिसत वृद्धि गर्ने निर्णय गरेको थियो ।

मकवानपुर बहुमुखी क्याम्पसको प्रशासनले विद्यार्थीको ढाड सेक्ने गरि गरेको शुल्क वृद्धि गरे पछि बिद्यार्थीहरुले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छ्न ।

यता क्याम्पस प्रशासन भने संचालक समितीको छलफल चलिरहेको अहिले यसै भन्न नसकिने बताउदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*