क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा नेविसंघको ताला

हेटौडा न्युज
२१ पुष २०७६, सोमबार २२:४४
;

क्याम्पस प्रशासनले शुल्क वृद्धि गरेको भन्दै  नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस इकाइ कमिटीले विरोध प्रदर्शन गरेको छ ।

सामुदायिक क्याम्पस प्रशासनले निजि कलेजस्तो व्यवहार पटकपटक देखाएको भन्दै नेविसंघले विरोध गर्दै क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा ताला लगाएका छन् ।

क्याम्पस प्रशासनको पौष २० गतेको बैठकले क्याम्पस घाटामा रहेको भन्दै विद्यार्थीको मासीक शुल्कमा ६५ प्रतिशत वृद्धि गरेको थियो ।

नृविसंघका अनुसार अबैज्ञानिकरुपमा शुल्क बढाइएको र यो कुनै पनि हालतमा मान्य नहुने  बताएको छ । शुल्क वृद्धिको निर्णय बिना सर्त फिर्ता नलिए जस्चतो सुकै कदम चाल्न समेत नेविसंघ तयार रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*