दशगजा मिचेर भारतीय पक्षको कस्टम अफिसले स्वागतद्वार निर्माण थालेपछि…..

हेटौडा न्युज
२१ पुष २०७६, सोमबार १९:२७
;

सीमावर्ती भगवानपुर  गाउँपालिका–४ ठाडी बजारस्थित दशगजा मिचेर स्वागतद्वार निर्माण थालेपछि विरोध भएको छ । भारतीय पक्षको कस्टम अफिसले स्वागतद्वार निर्माण थालेपछि स्थानियले विरोध गरेका हुन् ।  

तत्काललाई काम स्थगन गर्न दुवै पक्षका सुरक्षा अधिकारीबीच सहमति जनाएको छ । दुवै देशको संयुक्त सर्वे टोलीको अनुगमनबाट विवाद निरूपण गरेपछि मात्रै काम अघि बढाउने सहमति भएको हो।

एक वर्षअघि पनि यहाँ भारतीय पक्षले स्वागतद्वार बनाउन खाल्टो खनिसकेको थियो। तत्कालै प्रशासनले रोक्न लगाएको थियो। अहिले फेरि भारतीय पक्षले निर्माण कार्य गर्न खाल्टो खनिसकेको छ। हाल निर्माण गर्न खोजिएको स्वागतद्वारबाहेक पनि भारतीय पक्षले कस्टम चेकपोस्ट र एसएसबीको चेकिङ प्वाइन्ट दशगजामै राखेको छ।

‘यहाँ स्वागतद्वार बनाउने विषयमा वर्षैपिच्छे विवाद हुन्छ। भारततिर एउटा गेट हुँदाहुँदै पनि अर्को बनाउन दशगजा मिच्न खोजिएको छ,’ उनले भने, ‘विवाद बढेपछि काम स्थगन भएको छ ।’ दुवैतिरका प्रशासनले सर्वे टोली ल्याएर विवाद समाधान गर्ने सहमति भएको उनले बताए।

‘भारतीय कस्टम अफिसबाट स्वागतद्वार बनाउने कुरा आएपछि स्थानीयले त्यो ठाउँ दशगजाभित्रै पर्न कुरा उठाएका हुन् । हामीले सम्बन्धित पक्षसँग यसको बारेमा बुझ्ने गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन्  । उनले भने ‘स्थानीय गाउँपालिका अध्यक्षलगायत सुरक्षा निकाय, स्थानीयवासीसँग छलफल गर्दा विवादित ठाउँ रहेको कुरा उठेको छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*