मकवानपुरको मनहरीमा ट्रयाक्टर पल्टियो, एक जनाको मृत्यु

हेटौडा न्युज
२१ पुष २०७६, सोमबार १७:५०
;

मकवानपुरको मनहरीमा ट्रयाक्टर पल्टिदाँ हुँदा एकजनाको मृत्यु भएको छ ।  मनहरी गाँउपालिका–३ मा थ्रेसर जोडिएको ना ५ त ४१६६ नम्बरको ट्रयाक्टर पल्टिदा  हाँडिखोलाका २५ बर्षीय सविन मोक्तानको मृत्यु भएको हो ।

मृतक ट्रयाक्टरका चालक, सहचालक वा ट्रयाक्टरमा सवार व्यक्ति हो भन्ने खुल्न नसकेको  प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*