नेकपा हेटौंडा उपमहानगरपालिका वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
हेटौंडा उपमहानगरपालिका अन्तर्गत १९ वटै वडाको वडा कमिटीमा आबद्ध सदस्यहरुलाई एक कार्यक्रमका बीच सपथ ग्रहण गराएको हो ।
नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम गरिएको थियो ।कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले पार्टीका यस अघिका कमी कमजोरीबाट सिक्दै त्यसलाई सच्याएर अघि बढ्नु पर्ने बताएका छन् ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले केही दिन अघि मात्रै प्रदेशको नामाकरण तथा राजधानीका बारेमा गरेको निर्णयलाई सकारात्मक भएको र त्यसका लागि धन्यवाद दिएका छन् ।
कार्यक्रममा विरोध खतिवडा, रामनारायण बिडारी, केदार न्यौपाने, मुनु सिग्देल, कुमारी वाईबा, प्रेमबहादुर पुलामी, अनन्तप्रसाद पौडेल, प्रल्हाद लामिछाने, बद्री लम्साल लगायतको उपस्थिति रहेको थियो ।