छुट्टाछुट्टै दुर्घटनामा दुई महिलाको मृत्यु

हेटौडा न्युज
१३ पुष २०७६, आईतवार १९:२७
;

काठमाडौंमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पहिचान नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवन, काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । 

महानगरपालिका-३१ प्रयोगमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट घाइते भएकी थिइन् । शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्री महिलाको उपचारकोको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपरलाई नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । 

त्यस्तै, सप्तरी, कंचनपुर नगरपालिका-४ कविलाशा टोलस्थित सडकमा शनिबार दिउँसो को.२ त ९४०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने ८० वर्षीया गुदरी देवी पासवानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*