कन्सर्टलाई विथोल्ने उद्देश्यले शृंखलाबद्ध बम विस्फोट

हेटौडा न्युज
१२ पुष २०७६, शनिबार १८:२२
;

बुटवलमा  शृंखलाबद्ध बम विस्फोट भएको छ । टेलिकम सेवा प्रदायक एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति १० बजेतिर शृंखलाबद्ध बम विस्फोट भएको हो ।

आज शनिबार एनसेलले गर्न लागेको कन्सर्टलाई विथोल्ने उद्देश्यले बिस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ ।

बिहीबार चन्द नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक विज्ञप्ति जारी गर्दै राज्यलाई कर नतिरेको भन्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए ।

विस्फोटपछि कन्सर्ट स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*