प्रहरीले फेला पार्यो साटिएको मोटरसाइकल

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार २१:२०
;

वडा प्रहरी कार्यालयले हेटौडाको नारायणी मलबाट साटिएर हराएको दुइवटा मोटर साइकल फेला पारेको छ । वडा प्रहरी प्रमुख इश्वरी प्रसाद भण्डारीको नेतृत्वमा नारायणी मलबाट साटिएको मोटरसाइकल फेला पारेर बिहिबार बुझाइएको हो।

बुधबार मलमा बैकिङ्ग कार्यमा गएकाहरुको ना. १२ प ७०५८  र बा.३२ प ३३५८ नम्बरको मोटरसाइकल एकआपसमा साटिएको थियो । दुबै मोटरसाईकल एकै कम्पनी र उस्तै रङ्गको भएर साटिएको हुनसक्ने अनुमान गरििएको छ । 
हेटौडा–६ चौघडाका सुरज न्यौपाने र हेटौडा–१६ का कृष्ण प्रसाद पनेरुको मोटरसाईकल साटिएको प्रहरीले बताएको छ । दुवै मोटरसाइकल आज बिहिबार वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले सम्बन्धित सवारी धनीलाई बुझाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*