राजस्व चुहावटमा कर्मचारी र मन्त्रीहरूको पनि हात रहेको हुन्छ : बिडारी 

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार १८:५५
;

नेकपाका सांसद रामनारायण बिडारीले  राजस्व चुहावटमा कर्मचारी र मन्त्रीहरुको समेत हात हुने आरोप लगाएका छन् । उनले राजस्वमा भ्रष्टाचार गर्नेलाई थुनामै बसेको आधारमा उन्मुक्ति दिने व्यवस्था नगर्न माग गरेका छन् । राष्ट्रिय सभामा बोल्दै सांसद बिडारीले राजस्व चुहावटमा सजायको मात्र थपेर नहुने भन्दै यस्तो टिप्पणी गरेका हुन्।

‘हामीले बनाएको कानुनले २० अर्ब राजस्व घोटला गर्नेलाई ५ वर्ष थुनामा बसेर मुक्त हुन व्यवस्था नगरौं,’ उनले भने, ‘नत्र सबैले २० अर्ब कमाउने तथा आरामले  ५ वर्ष थुनामा पचाउन हुनसक्छ।’  

‘राजश्व चुहावट किन हुन्छ, जनताको पैसा सरकारको ढुकुटीमा आउनु पर्नेमा व्यक्तिको निजी सम्पत्ति कसरी बन्न जान्छ 
 यो चुनिने प्वाल किन टालिँदैन    किन टालिँदैन भन्ने विषय विगतदेखि चल्दै आएपनि किन रोकथाम भएन।’ 

‘कानुन बनाएर भ्रष्टाचार हुन्छ, नियम, विनियम नियम, नियमावली र मापदण्ड बनाएर राजश्व चुहावट गराउने कर्मचारी र मन्त्रीले गरेको देखिन्छ,’ उनले भने, ‘दलीय व्यवस्थामा दलरदल नै मिलेर र निर्दलीय रुपमा उनीहरू मिलेर राजश्व चुहावट गर्ने गरेको विगत रहेको उनले बताए । यसरी छली हुने राजश्व मन्त्री र नेताको निजि सम्पत्तिको रुपमा जान्छ भन्ने आरोप अब गलत हुनुपर्ने उनले बताए । 

कहाँ कति र कसरी राजश्व चुहावट रोक्ने भन्ने विषयमा छलफल हुनुपर्ने उनले बताए। 

‘भन्सार, कर र मालपोतमा यसरी राजश्व चुहावट भएको छ, ’ उनले भने, ‘स्थानीय तहमा भएको कर लगाउने अधिकार व्यापक अप्ठारो पर्ने देखिन्छ। यस्ता विषयमा अब बन्ने कानुनले कडा व्यवस्था गर्नु पर्दछ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*