मन्त्री यादव र राईले दिए राजीनामा

हेटौडा न्युज
८ पुष २०७६, मंगलवार २२:०७
;

ओली सरकारबाट बाहिरिने घोषणा गरेसँगै समाजवादी पार्टीबाट उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

त्यस्तै समाजवादीबाट सहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्। 

सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री यादवले मंगलवारबाटै लागू हुने गरी राजीनामा दिएको बताएका छन्।

२०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम र तत्कालीन एमाले(माओवादीबीच भएको दुई बुँदे सहमतिका आधारमा आफू सरकारमा सहभागी भएको स्मरण गराउँदै उनले सहमति कार्यान्वयन नभएका कारण नैतिकताका आधारमा राजीनामा पत्र दिनुपरेको उल्लेख गरे।

मन्त्री यादवको राजीनामा पत्र :

""

 

मन्त्री राईको राजीनामा पत्र :

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*