उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने 

हेटौडा न्युज
८ पुष २०७६, मंगलवार १९:३९
;

उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकार छाड्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री यादवले हिजोको मन्त्रीपरिषद्‍मा संविधान संशोधनको ठाडो प्रस्ताव लगेका थिए, जो प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श नगरी एकलौटी रुपमा ल्याएको भन्दै अस्विकार गरेका थिए । सो अस्विकार गरेलगत्तै बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो । आज बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेपछि पत्रकार सम्मेलनको आयोजना गरी सरकार छाडेको निर्णय सार्वजनिक गर्न लागिएको समाजवादीका एक पदाधिकारीले बताए ।

उनले भने  ‘सरकार छाडने निर्णय पदाधिकारी बैठकले गरेको छ, केही बेरमा आयोजना हुने पत्रकार सम्मेलनबाट औपचारिक घोषणा गरिनेछ,’  ।

 पदाधिकारी बैठकलगत्तै यादवले मन्त्रिपरिषद्‍मा लगेको प्रस्ताव सार्वजनिक पनि गरिदिएका छन् ।

मन्त्री यादवले साेमबार साँझ मन्त्रिपरिषद्‍मा लगेको प्रस्ताव:

"Image"

"Image"

"Image"

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*