काठमाडौंमा दर्दनाक सवारी दुर्घटना, बुवाको मृत्यु, छोरा घाईते

हेटौडा न्युज
८ पुष २०७६, मंगलवार १७:५३
;

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् ।  काठमाडौँको गुर्जुधारामा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा मोटर साईकल चालकको मृत्यु भएको हो ।

कलंकी तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले पर्वतको ठूलेपोखरी गाउँपालिका–४ घर भइ हाल चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट नजिकै बस्दै आएका ४० वर्षका अर्जुनकुमार केसीको घटनास्थलमै मृत्यु भएको हो ।

उनले चलाएको मोटरसाइकलको पछाडि रहेका १४ वर्षे छोरा अनुप केसीलाई भने केही भएको छैन । गाडीले ठक्कर दिएर कलंकी तर्फ भागेको आफूहरुलाई अनुपले बताएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा संलग्न भएको आशंकामा एउटा बस नियन्त्रणमा लिएको तर यकिन भने भइनसकेको प्रहरीले जनाएको छ । शव अहिले पनि घटनास्थलमै रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*