ब्रोइलरको मासुमा मूल्य बढ्दैन्ः विभाग
ब्रोइलर कुखुराको मासुमा मूल्यवृद्धि हुन नदिने उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।
नेपाल ह्याचरी संघले मासुको मूल्य बढाउनु पर्ने माग सहित करिब चालिस लाख चल्ला नष्ट गरेको थियो। तर, विभागले संघको माग विपरीत बताएको छ ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार ‘चल्ला नष्ट गरेको कुराबारे हामीले संघलाई सोधेको र यदि मुल्य र आपूर्तिमा असहज भए तुरून्तै कारबाहीमा गर्ने बताएका छन् ।
हालसम्म ह्याचरी संघले काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका १५ करोड रुपैयाँ बराबरको ३० लाख चल्ला र ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरेको छ ।
संघले मंसिर २९ देखि पुस ८ गतेसम्म चल्ला उत्पादन नगर्ने घोषणा गरेको छ । १० दिनमा हुने ६० लाख चल्ला उत्पादन नभएपछि बजारमा मासुको अभाव सृजना गराउन खोजिएको थियो । यही अभाव सृजना गरेर मासुको मूल्य बढाउने तयारी थियो ।