ट्याक्टरको ब्रेक फेल हुँदा १ जनाको मृत्यु, दुई घाईते

हेटौडा न्युज
६ पुष २०७६, आईतवार २२:४१
;

 ट्याक्टरको ब्रेक फेल हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।  । बिजुलीको पोल बोकेर ठाना जाँदै गरेको ना ७ त ३६६८ नम्बरको ट्याक्टर पर्वत मोदी गाउँपालिका ६ ठानामा पल्टिएको हो ।

ट्याक्टरमा सवार ५ मध्ये पर्वत जिल्ला मोदी गाउँपालिका २ गौंडा निवासी १८ वर्षीय सहचालक दीपेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालक बागलुङका ३७ वर्षिय प्रकाश नेपालीको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यस्तै ट्याक्टरमै सवार बागलुङका २९ वर्षिय कामदार तेजेन्द्र थापाको अवस्था मध्यम रहेको र अन्य २ जना भने सकुशल अवस्थामै रहेको प्रहरीको भनाई छ । 

प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका २ पाटीचौरबाट बिजुलीको पोल लिएर गिज्याङ जाँदै गरेको ट्याक्टर मोदी गाउँपालिका ६ ठानामा ब्रेक फेल भएर पल्टिएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*