महराको निवेदन माथी उच्च अदालत पाटनमा आज सुनुवाइ
पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्धको निवेदनमाथी उच्च अदालत, पाटनमा आज बिहीबार सुनुवाइ हुँदैछ ।
महराको निवेदनमाथि मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।
गत कात्तिक १८ गते जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने मंसिर ५ गते महराले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । फौजदारी कार्य्विधि संहिता–२०७४ को व्यवस्था अनुसार महराले निवेदन दिएका थिए ।
उता पीडित भनिएकी महिला कर्मचारीसँग अदालतले बयान लिदा आफूमाथि करणी नभएको दाबी गरेकी छन् ।