लाखौं रकमको सामान चोरी गर्ने पराजुली पक्राऊ

हेटौडा न्युज
२ पुष २०७६, बुधबार २२:०३
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न सामग्री चोरी गरी भाग्दै गरेका एक जनालाई पक्राऊ गरेको छ । वडा प्रहरी कार्यालय, हेटौंडाले हिजो राति करीब ८ बजे हेटौंडा वडा नम्बर ४ मा गौरीकुमारी मैनाली बस्दै आएको घरमा चोरी भएको खबर आएपछि प्रहरी टोलीले चेकजाँचको क्रममा हेटौंडा वडा नम्बर ८ बस्ने बर्ष १८ का साजन पराजुलीलाई चोरीका सामान सहित पक्राऊ गरेको जनाएको छ । प्रहरीले पराजुलीको साथबाट सुनका गरगहना, ल्यापटपहरु गरी करीब ७ लाख ६१ हजार रुपैयाँको सामग्री बरामद गरेको थियो । प्रहरीले चोरी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*