कपिलवस्तुमा तिव्र गतिका कारण कार दुर्घटना एकको मृत्यु ५ घाइते

हेटौडा न्युज
२३ मंसिर २०७६, सोमबार १८:२५
;

कपिलवस्तुको बोर्डगाउँ नजिक कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बोर्डगाउँ नजिक बा. ६ च ६३९० नम्बरको कार तिव्र गतिमा रहेका कारण अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनमा मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । मृतक पाण्डे ग्लोबल आई.एम.ई. बैंक वनगाई शाखाका प्रवन्धक हुन् उनी बहिनीको विवाह रहेको हुँदा पाण्डे सोमबार बिहानैदेखि विवाहको व्यवस्थापनमा जुटेका थिए ।

दुर्घटनामा अन्य ५ जना घाईते भएका र घाईते मध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जना घाईतेको वाणगंगामा रहेको सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरी जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*