सागको पाँचौं दिन आज १७ खेलहरुमा प्रतिस्पर्धा हुदै

हेटौडा न्युज
१९ मंसिर २०७६, बिहीबार १४:३३
;

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पाँचौं दिन आज विभिन्न १७ खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, पौडी, बिच भलिबल र भारत्तोलनका खेलहरु गरी पाँच नयाँ खेलका प्रतिस्पर्धा हुनेछन् भने बाँकी १२ खेल एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस र उसुको भिडन्तहरु जारी रहनेछन् ।

आजको खेल पोखरा र काठमाडौंमा हुनेछन् । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने अन्य खेलहरु काठमाडौंमा हुनेछन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*