प्रम ओलीको सागको उद्घघाटन समारोह लाइभ हेर्ने इच्छा, आइसियूमा गरियो टिभीको व्यवस्था 

हेटौडा न्युज
१५ मंसिर २०७६, आईतवार १९:५५
;

प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घघाटन समारोह आइसियूमा नै हेर्ने व्यवस्था मिलाइएको अस्पताल स्रोतले जनाएको छ । उहाँलाई एपेन्डिसाइटिसको अप्रेशनपछि त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा राखिएको छ ।

"" 
प्रम ओलीले दशरथ रंगशालामा हुने सागको उद्घघाटन समारोहको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्ने इच्छा व्यक्त गर्नुभएको तरे उद्घघाटन समारोहमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेकाले आइसियूमा टिभीको व्यवस्था गरिएको अस्पताल स्रोतले जनाएको छ ।

""
१३ औँ सागको आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घघाटन गर्ने कार्यक्रम रहेको छ । उद्घघाटन समारोहलाई ऐतिहासिक बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी, कलाकारसहित करिब १५ हजार जनशक्ति फिल्डमा परिचालन गरिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*