लायन्स क्लबले ग¥यो २८ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ एरिया २ नेपालले २८ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ एरिया २ नेपालको आयोजना तथा सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राबिधिक सहयोगमा आज सामुदायिक आँखा अस्पताल हेटौंडामा २८ जनाको निःशुल्क मोतिबिन्दुको सफल शल्यक्रिया गरीएको छ ।
हिजो मंसिर १२ गते मकवानपुरको बागमती गाउपालिका–४ झुरझुरेमा आँखा परीक्षण गरी मोतिबिन्दु देखिएका २८ जनाको आज निःशुल्क शल्यक्रिया गरीएका कार्यक्रमका संयोजक लायन रजनी तिवारीले जानकारी दिइन् ।
भोलि मंसिर १४ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ गैरिगाउमा शिविर सञ्चालन हुनेछ भने यता आँखा अस्पतालमा शल्यक्रिया जारी रहने एरिया २ की एरिया को–चिफ लायन तासीडोल्मा तुम्बाहाम्फेले जनाएकी छिन् ।
तुम्बाहाम्फेका अनुसार हालको लागी ५० जना बिरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको समेत बताइन् ।