विपन्न चेपाङ परिवारलाई कम्बल गरियो, स्कूले विद्यार्थीको दन्त परीक्षण

हेटौडा न्युज
१२ मंसिर २०७६, बिहीबार २१:१२
;

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ प्रतियोगिताको फाइनलमा पुगेका १० जना प्रतियोगीहरुले चितवनको इच्छाकामना गाउँपालिका–२ तल्लो काउलेमा पुगेर विपन्न चेपाङ परिवारलाई कम्बल वितरण गरेका छन् । हिजो सो गाउँपालिकाको श्री जनप्रिय मावि कल्याणटार, काउलेमा चेपाङ परिवारलाई कम्बल वितरण गरिएको थियो । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले कम्बल उपलब्ध गराएपछि १० जना विद्यार्थीहरु कम्बल वितरण गर्न पुगेका थिए । वास्तविक नेपाली समाजको चित्र तथा भौगोलिक अवस्था अनुभवका लागि प्रतियोगीहरुलाई सो कार्य गराईएको प्रतियोगिता आयोजक संस्था विमोचन इभेन्ट एण्ड इन्टरटेन्मेण्टले जनाएको छ । 
""सो कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रतियोगिहरुलाई किताबी ज्ञान मात्र नभइ बाहिरी व्यवहारिक ज्ञानका लागि यस्ता कार्यक्रम गरिएको बताएका छन्  । 
कम्बल लिनका लागि पहाडी भेगका नाइबेन्दी, भोटेगाउँ, माझगाउँ, तोरडाँडा, छाँपडाँडालगायतका स्थानबाट करीब ५० घरपरिवारका चेपाङ महिला र पुरुषहरु कम्बल लिन आइपुगेका थिए । चिसो बढेसंगै चितवनका पहाडी भेगमा बसोबास गर्ने विपन्न चेपाङ समुदाय समस्या पर्न थालेको छ । न्यानो कपडा नहुँदा दाउराले आगो बालेर रात काट्नु पर्ने अवस्था रहेको छ । ""
सोही अवसरमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण गरिएको छ । चितवन डेण्टल होमको प्राविधिक सहयोगमा डा.रिस्नु केसी, डा.सन्ध्या कँडेलको टोलीले परीक्षण गरेको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि प्रतियोगीहरुले खेलकुदका सामग्री समेत प्रदान गरेको थियो । प्रतियोगीहरुले विद्यालयका प्राचार्य अधिकारी, शिक्षक लोकबहादुर मगरलाई सामग्री हस्तान्तरण गरेका थिए । ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ प्रतियोगिताको फाइनल फाइनल यही मंसिर २० गते भरतपुरमा हुँदैछ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*