आज त्रिखण्डी मेला : ट्राफिक प्रहरीलाई सास्ती, बाटो साँघुरो हुनाले सवारी आवागमनमा कठिनाई

हेटौडा न्युज
२२ कार्तिक २०७६, शुक्रबार २१:४३
;

आज ठूलो एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ मा रहेको त्रिखण्डेश्वर महादेव मन्दिरमा मेला लागिरहेको छ । प्रत्येक वर्षको हरिबोधनी एकादशीको दिन लाग्ने सो मेलामा हजारैं भक्तजनहरुको अहिले पनि भीड लागेको छ भने, सवारी साधनको चाप रहेको छ । आज सो मन्दिर वरिपरीका क्षेत्र सहित हेटौंडा बजारमा माछामासु बिक्री वितरण रोक लगाइएको मेला व्यवस्थापन समिति अध्यक्ष रमेशकुमार थिङको भनाई रहेको छ । 

""
मेलालाई सुरक्षित तथा व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय, मकवानपुरले करीब ४ दर्जन प्रहरी परिचालन गरेको जनाएको छ भने, सवारी व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरबाट ट्राफिक प्रहरी समेत खटाईएको छ । 

""
हेटौंडाहुँदै काठमाडौं जाने त्रिभुवन राजपथसँगै जोडिएर रहेको सो मन्दिर परिसरमा आज साँझ सम्म हजारौंको संख्यामा भक्तजनको भीड लाग्ने गरेको छ ।

""

बाटो साँघुरो र भक्तजनहरुको चाप बढी हुनाले सवारी आवागमनमा केही कठिनाई भने हुने गरेको छ । सो बाटो भएर मकवानपुरको पालुङ्ग, छोटो दूरीको कुलेखानी हुँदै काठमाडौं जाने सुमो र त्रिभुवन राजपथ हँुदै धादिङ्गको नौबिसे पुग्न दैनिक हजारौं सवारी चल्ने गरेका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*