ज्यान मुद्दा लागेका फरार व्यक्ति १० बर्षपछि पक्राऊ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालतबाट ज्यान मुद्दामा सजाय पाई फरार रहेका एक व्यक्तिलाई पक्राऊ गरेको छ । २०६७ साल जेष्ठ ३१ गते जिल्ला अदालत मकवानपुरले भीमफेदी वडा नम्बर ८ का जीतबहादुर थिङ्गलाई कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकिए पनि उनी फरार रहेका थिए ।
पक्राउ परेका थिङ्गले २०५९ आश्विन २७ गते भीमफेदी वडा नं. ८ का बुद्धिबहादुर गोलेलाई कुटपिट गरी घाईते बनाएकोमा सोहि चोटका कारण कार्तिक ४ गते मृत्यु भएकोले थिङ्गलाई कर्तव्य ज्यान मुद्दामा फैसला सुनाएको थियो ।
उनलाई ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको कमाण्डमा खटिएको टोलीले गत सोमबार मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि भीमफेदी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।