बिषालु च्याउका कारणले एकै परिवारका १२ जना बिरामी
सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ जना बिषालु च्याऊका कारण बिरामी परेका छन् । स्थानीय जङ्गलबाट ल्याएको च्याउ आइतबार राति खाँदा ईश्वरपुर–११ का बृजकुमार माझीका परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी सहित छोरा, बुहारी, नातिनातिना रहेका छन् ।
बिरामी भएका बृजकुमार माझीलाई स्थानीय अमृत हेल्थ केयर बयलबासमा उपचारपश्चात् घर पठाइएको छ भने बाँकी ११ लाई आइतबार राति उपचारका लागि जनकपुर पठाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् । बिरामी परेकाहरुको आर्थिक स्थिति कमजोर रहेका कारण वडा कार्यालय र प्रहरीको सहयोगमा बिरामी परेकाबाँकी सबैलाई जनकपुर पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिएका छन् ।