भ्रमण बर्ष लक्षित पर्वतीय खेलकुद महासंघको १ दर्जन कार्यक्रम सार्वजनिक

हेटौडा न्युज
२२ भाद्र २०७६, आईतवार ०१:३७
;

पर्वतीय खेलकुद महासंघ प्रदेश नंबर ३ सञ्जाल, हेटौंडाले पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै एक दर्जन प्रतियोगिता गर्ने जनाएको छ । महासंघले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा महासंघका सचिव सफल अधिकारीले जानकारी दिएका हुन् । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने योजनालाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमको तालिका तयार गरिएको बताएका छन् । 
महासंघले वाटर फेष्टिबल, अन्तर्राष्ट्रिय हात्ती महोत्सव, गल्फ प्रतियोगिता, हेटौँडा रन, र्याफ्टिङ्ग लगायत पर्यटकीय क्षेत्रमा भ्रमणका कार्यक्रमहरु गरी १२ प्रकारका कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अधिकारीले बताएका छन् । 
महासंघको कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषदको समन्वय रहने बताईएको छ । प्रदेश ३ का १३ जिल्ला लक्षित सो कार्यक्रमका लागि महासंघले १ करोड ३९ लाख रुपैँया खर्च हुने अनुमानित बजेट सार्वजनिक गरेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*