मकवानपुरका प्रहरी कार्यालयमा बरामद सवारी बर्षौ देखि अलपत्र

हेटौडा न्युज
१६ श्रावण २०७६, बिहीबार १४:३३
;

जिल्ला प्रहरी कार्यालय मकवानपुर सहित मातहतका विभिन्न इलाका प्रहरी कार्यालय, चेक पोष्ट, युनिट लगायतमा वर्षौदेखि बरामद गरिएका सवारीसाधन थन्किएर बस्दा प्रहरी कार्यालय नै गाडी ग्यारेजको रुपमा परिणत हुँदै गएको भने कतिपय सवारी साधन कामै नलाग्ने गरि जीर्ण बन्दै गइरहेको

 

विभिन्न कसुरमा प्रहरीले बरामद गरेका सयौँ सवारीसाधन वर्षौँदेखि प्रहरी कार्यालय परिसरमा थन्किएर बस्दा प्रहरी कार्यालयको सुन्दरतामा समेत कमी आएको जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु, वडा प्रहरी कार्यालय लगायत प्रहरीका विभिन्न इकाइहरुमा अदालतको आदेशको पर्खाइमा उक्त सवारीसाधनहरु थन्किएर बसेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्

""

आपराधिक गतिविधि, दुर्घटना तथा कानुन वर्जित कार्यमा संलग्न सवारीसाधनहरु सोसँग सम्वन्धित मुद्दाको किनारा नलागेसम्म ती सवारीसाधनहरु प्रहरीकै जिम्मामा रहने भएकाले यसको संख्या दिनप्रतिदिन थपिदै गएको प्रहरी उपरीक्षक सिंहको भनाई रहेको प्रचलित कानुन बमोजिम जिल्ला अदालतले आफ्नो जिन्सी आम्दानीलाई आवश्यकता अनुसार नगद आम्दानीमा परिणत गर्नका लागि एकैपटक मुद्दा किनारा लागेका सवारी लिलाम प्रक्रिया बढाउने हुँदा सवारी साधन अदालत सहित प्रहरी कार्यालयहरुमा काम नलाग्ने अवस्थामा थन्किएका हुन्

 

सवारी ज्यान मुद्दा, लागुऔषध, चोरी,हातहतियार तथा खरखजाना, अपहरण लगायतमा प्रयोग भएका सवारी साधनहरु बरामद हुने गरेको प्रहरीको भनाइ यसरी थन्किएर बसेका सवारीसाधनहरुको सम्वन्धित जिल्ला अदालतले विगत बर्ष देखि कुनै पनि सवारी लिलामी प्रकृया गरेको छैन

सवारी साधन थन्किएर बस्ने समस्या निराकरण गर्न जुन अभियोगमा जुन सामग्री वा सवारी जफतको दाबी आउँछ त्यस्ताको हकमा तत्काल लिलाम गर्ने, सोही व्यक्तिलाई दिने लगायतको व्यवस्थाको शुरुवातका लागि सर्वोच्च अदालतले पञ्चवर्षीय रणनीतिक योजनाकोे लक्ष्य लिएको

""

मकवानपुरमा मात्रै प्रहरी कार्यालयहरुका परिसरमा करीब सय ५० वटा सवारी साधनहरु बर्षौ देखि अलपत्र रहेको प्रहरीको तथ्यांक त्यस्तै जिल्ला अदालत परिसरमा करीब सय वटा सवारी साधन दिनानुदिन जीर्ण हुँदै गएको

साभार न्युज २४ टेलिभिजन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*