कमाने एकेडेमीको वार्षिकोत्सव सम्पन्न

मकवानपुर/हेटौँडा ८, कमानेमा रहेको कमाने एकेडेमीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकालाई व्यवहारिक शिक्षामा जोड दिँदै आएको विद्यालयले शनिबार विद्यालय प्राङ्गणमा वार्षिकोत्सवको आयोजना गरेको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्ने अभिभावकहरूलाई सम्मानित गरिएको छ । यस्तै बालबालिकाहरूलाई विभिन्न सामुदायिक कार्यक्रमहरूमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई समेत विद्यालयले सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै बालसाहित्यकार यशु श्रेष्ठले पठन संस्कृति विकासका लागि विद्यालयले गर्दै आएका कार्यक्रमहरूको प्रशंसा गरेका छन् । पाठ्यक्रममा किताबबाट मात्र सिकाइ पूर्ण नहुने भन्दै उनले सिकाइलाई जीवन्त बनाउन बालसाहित्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले आगन्तुकहरूका सुझाव संकलन गर्न राखेका स्टलमा लिखित सुझाव दिँदै अतिथिहरू
वार्षिकोत्सवका अवसरमा विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति राखेका थिए । यस्तै विज्ञान, कला तथा पुस्तक प्रदर्शनी समेत वार्षिकोत्सवमा समेटिएको थियो ।