सञ्चारिका समूह चितवनको अध्यक्षमा गिता गुरुङ

सुरज पौडेल
४ चैत्र २०८१, मंगलवार १९:११
;

चितवन/सञ्चारिका समूह चितवनको अध्यक्षमा गिता गुरुङ चयन भएकी छिन् । मङ्गलबार सम्पन्न समूहको चौथो अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा आशा खरेल, सचिवमा शिला पाठक, कोषाध्यक्षमा अस्मिता पराजुली  र सहसचिवमा सविता दराई चयन भएका छन । नवगठित कार्यसमिति सदस्यहरुमा आश्मा राई, श्रीजा थापा, सविता महतो, पुनम थापा मगर, करिस्मा गुरुङ यात्री छिदाल, सङ्गीता बानियाँ, दिपा गौतम, दिप्ती विक र वन्दना देवकोटा रहेका छन् ।

समूहकी निवर्तमान अध्यक्ष अजिता अधिकारीले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गर्दै विविध कारणले अझै पनि महिलाहरूलाई पत्रकारितामा अभ्यास गर्न कठिन रहेको बताएकी छिन् । अप्ठ्याराका बावजुद यस क्षेत्रमा महिलाको उपस्थिति सशक्त रहेको र यसले महिला सशक्तिकरणमा उल्लेख्य भूमिका खेलेको उनको भनाइ छ ।

नवनिर्वाचित अध्यक्ष गुरुङले  पत्रकारको हकहितका लागि आफू र आफ्नो कार्यसमिति सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघकी निवर्तमान सचिव एवम् सन्चारिका समूह चितवनकी संस्थापक अध्यक्ष सृजना अर्याल, न्युनतम पारिश्रमिक निर्धारण समिति बोर्ड सदस्य शान्ता अधिकारी, पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, शान्ता अधिकारी, सचिव राजेश घिमिरे, प्रेस युनियन चितवनका उपाध्यक्ष सिन्धु ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष दिप्ती विक र डब्लुडब्लुजे चितवनकी अध्यक्ष सरिता पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*