हेटौँडामा दस वर्षपछि निर्माण तथा व्यापार महोत्सव हुँदै

हेटौडा न्युज
१५ माघ २०८१, मंगलवार २२:४४
;

मकवानपुर/हेटौँडामा आगामी फागुनमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघ मकवानपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएका हो ।

यसअघि २०७१ सालमा पहिलो पटक निर्माण तथा व्यापार महोत्सवको आयोजना गरेको संघले १० वर्षपछि दोस्रो महोत्सव गर्न लागेको हो । महोत्सवले निर्माण सामाग्री उत्पादक, बिक्रेता र उपभोक्ताबिच समन्वयन गराउने आयोजकले विश्वास लिएको छ । उत्पादित वस्तुहरुको बजार प्रबर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरु बिच समस्या, अवसर र चुनौतिबारे अन्तरक्रिया समेत गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको संघका अध्यक्ष बालगोपाल कँडेलले बताए ।

महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्री लगायतका ३ सय ५० वटा स्टलहरु रहनेछन् । स्थानीय स्टललाई ५० प्रतिशतसम्म शुल्क छुट दिईने संघले जनाएको छ । महोत्सवलाई आकर्षक बनाउनका लगि गायन प्रतियोगिता तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत राखिने आयोजकको भनाइ छ ।

महोत्सवका लागि अध्यक्ष कँडेलको संयोजकत्वमा २११ सदस्यीय महोत्सव मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*