बालमैत्री घोषणा हुने हेटौँडाको पन्ध्रौँ वडा बन्यो १८ नम्बर

हेटौडा न्युज
९ माघ २०८१, बुधबार १७:५१
;

मकवानपुर/१८ नम्बर वडा हेटौँडा उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने १५ औँ वडा भएको छ । बुधबार एक समारोहका बीच हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले १८ नम्बरलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा १८ नम्बरका वडाध्यक्ष अनिलकुमार बानियाँले वडाको प्रतिवेदन प्रस्तुत गरेका थिए । वडाध्यक्ष बानियाँका अनुसार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक सूचकहरू पूरा भएपछि घोषणासभा गरिएको हो । आवश्यक ५१ सूचकमध्ये ४६ वटा सूचकमा शतप्रतिशत र बाँकी सूचकमा न्यूनतम नतिजा हासिल भएसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

सो अवसरमा अध्यक्ष बानियाँले वडामा बालबालिकाका लागि पञ्चवर्षीय लगानी योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरे ।

ज्योति माध्यमिक विद्यालय, हर्नामाडीको प्राङ्गणमा भएको घोषणासभामा वडाका ६ वटा विद्यालयसहित १८ वटा बालसमूहका साथै अन्य विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

हेटौँडा उपमहानगरभित्र अब ४ वटा वडा बालमैत्री घोषणा हुन बाँकी रहेका छन् । जसमध्ये वडा नम्बर १ मा माघ ११ गते, ३ मा १३ गते र १५ मा १५ गते बालमैत्री घोषणा गर्ने तयारी भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*