हेटौँडा ९ मा कानुनी शिक्षा अनुशिक्षण
मकवानपुर/टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको आयोजनामा हेटौँडा ९ मा समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडाभित्र गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी र सदस्यहरूको लागि १ दिने अनुशिक्षण गरिएको हो ।
टोल विकास संस्था, नगर समन्वय समितिको आयोजनामा उपमहानगरपालिकाका सबै वडामा यस प्रकारको अनुशिक्षण कार्यक्रम गरिने समितिका महासचिव शिवहरि दाहालले जानकारी दिए । हेटौँडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा भएको कार्यक्रममा ९ नम्बर वडाका ६० जनाको सहभागिता रहेको थियो ।
नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौँडा ९ का वडा अध्यक्ष सुकराम केसी, न्यायिक समितिका सदस्य एवम् नगर समन्वय समितिका सल्लाहकार ज्ञान बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिकाका कानुनी अधिकृत सुजन तिमल्सिना, अधिवक्ता शिव बन्जारा र अप्सरा बस्नेतले सहजीकरण गरेका थिए ।