किताबघरको साक्षात्कारमा कथाकार मिरमा

हेटौडा न्युज
२७ मंसिर २०८१, बिहीबार १९:२६
;

मकवानपुर/हेटौँडाको भैरबरोडमा रहेको किताबघरले ‘कफी एट किताबघर’ नामक कार्यक्रम सुरुवात गरेको छ । कला साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूसँग साक्षात्कार गर्ने उद्देश्यले बिहीबारदेखि कार्यक्रम सुरु गरिएको हो । ‘कफी एट किताबघर’को पहिलो कार्यक्रममा बिहीबार कथाकार मिरमा (रमा सुवेदी) सँगको साक्षात्कार राखिएको थियो ।

किताबघरमा भएको सो कार्यक्रममा कथाकार मिरमाले आफ्नो कथा लेखन यात्राको बारेमा जानकारी दिएकी थिइन्  । हेटौँडा स्थायी बसोबास भए पनि लामो समयदेखि काठमाडौंमा सञ्चारकर्ममा रहेकी उनले ढिला गरी साहित्य लेखनमा लागेको बताइन् । पछिल्लो समय बाह्रखरी कथा प्रतियोगिता २०८० र २०८१ मा लगातार उत्कृष्ट २५ भित्र परेपछि उनको कथाको चर्चा चुलिएको छ । लेखन ढिलो सुरु गरे पनि आफू पहिलेदेखि नै नियमित पाठक रहेको उल्लेख गर्दै कथाकार मिरमाले आफू कथाकारकै रुपमा निरन्तर लागिरहने बताइन् ।

थर्ड आइ एजुकेसनल सेन्टर प्रालिको सहयोगमा सुरु भएको ‘कफी एट किताबघर’ कार्यक्रमले मकवानपुर तथा अन्य जिल्लाबाट हेटौँडा आउने साहित्यकारहरूसँग साक्षात्कार गराउँदै जाने किताबघरका सन्चालक छवि अनित्यले जनाएका छन् । हेटौँडामा पठन संस्कृतिको विकासका लागि अघिल्लो साताबाट किताबघरले ‘बालबालिकासँग किताबका कुरा’ कार्यक्रम समेत सुरु गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*