हेटौंडाको खाद्य प्रविधिको एउटै कार्यक्रममा ४५ प्रतिशत बढी भ्रष्टाचार

सौजन्यको चिया बिस्कुट ख्वाएर चिकेन खाजासेटको बिल भुक्तानी
हेटौडा न्युज
२९ कार्तिक २०८१, बिहीबार १८:२६
;

मकवानपुर । गत जेठको ७ गते हेटौंडामा भएको कार्यक्रममा ४५ प्रतिशत बढी भ्रष्ट्राचार भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले फलफूल बजार गोदाममा रिपेनिङ एजेन्टको प्रयोगको सर्भिलेन्स तथा नियमन सम्बन्धि छलफल कार्यक्रममा भ्रष्ट्राचार भएको हो । सो कार्यक्रममा स्थानीय व्यवसायी, सरोकारवाला निकायसहितको सहभागिता थियो ।

खाद्य प्रविधि कार्यालयले सार्वजनिक गरेको खर्चमा कार्यपत्र प्रस्तुतिमा करसहित ५२ सय, स्टेशनरीमा २८ सय, मसलन्दमा २ हजार, ब्रसर ६४ सय, प्रतिवेदक १ हजार, पानी ५ सय, व्यानर १ हजार, सहयोगी भत्ता ३ सय, संयोजक ५ सय गरी १९ हजार ७ सय खर्च भएको जनाएको थियो । ३२ जना सहभागि भएको कार्यक्रममा सहभागिहरुलाई उद्योग वाणिज्य संघले चिया विस्कुटको व्यवस्था गरेको थियो, भने, सहभागीहरुलाई करीब १०० रुपैयाँ बराबरको स्टेशनरी वितरण गरिएको थियो ।

 

कार्यालयले उपलब्ध गराए फर्जी विवरणः

तर कार्यालयको खर्चमा कार्यालय प्रमुख काशीनाथ घिमिरे र खाद्य अनुसन्धान अधिकृत सागर दाहालको मिलेमतोमा सहभागी ३२ जनाले ६४ सय बराबरको चिकेन खाजा सेट र चिया खाएको भनेर हेटौंडा ९ पशुपतिनगरको जस्मिन खाजा घरको विल पेश गरेर ६४ सय नै भ्रष्ट्राचार गरेका छन् । त्यस्तै २८ सयको वास्तविक स्टेशनरी खर्च बढाएर खाद्य कार्यालयले ४८ सय ५ रुपैयाको फर्जी विल बनाएर २ हजार रुपैया यसमा पनि घोटाला गरेका छन् ।

भुक्तानी भएको स्टेशनरीको फर्जी विल:

त्यसैगरी कार्यक्रममा सहभागि मध्ये एक अजय अधिकारीले आफूहरुले थिया विस्कुट बाहेक केही नखाएको बताएका छन् । खाद्य कार्यालयले मसलन्दमा २ हजार रुपैया खर्च भएको फर्जी विवरणमा उल्लेख भएपनि कार्यक्रमका प्रशिक्षक समेत रहेका अर्का सहभागि कुमार पौडेलले मसलन्दमा कुनै पनि खर्च नभएको र आफूहरुले सानो पेपर, डटपेन बाहेक केही नपाएको उनको भनाई रहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाबाट गत जेठ ७ गते गरिएको कार्यक्रमको जम्मा खर्च १९ हजार ७ सय मध्ये ४५ प्रतिशत भन्दा बढी अर्थात ८ हजार ९ सय रुपैया भ्रष्ट्राचार गरेका छन् ।

यस सम्बन्धमा कार्यालयका खाद्य अनुसन्धान अधिकृत सागर दाहाल र कार्यालय प्रमुख काशीनाथ घिमिरेले भुक्तानी भएका वास्तविक फाईल भने देखाउन नमिल्ने प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*