हेटौंडाको सिद्धस्थली अस्पतालमा अपाङ्ग मैत्री लिफ्ट सञ्चालनमा

हेटौडा न्युज
२२ असार २०८१, शुक्रबार ११:३७
;

मकवानपुर । हेटौडा वडा नम्बर–६ मा सिद्धस्थली अस्पतालमा अपाङ्ग मैत्री लिफ्ट सञ्चालनमा आएको छ । सुविधा सम्पन्न भवन रहेको यस अस्पतालले अपाङ्ग मैत्री सेवा प्रदान गर्ने उद्देश्यले २४ जनाको क्षमतासहितको लिफ्ट पनि सञ्चालन ल्याएको छ ।

गैर नाफामुखी परोपकारी अस्पतालको ग्रामीण र दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिब र स्वास्थ्य सेवाबाट बञ्चितहरूलाई दीगो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको जनाईएको छ । स्वास्थ्य सुरक्षा र जीविकोपार्जन सहज बनाउन प्रशिक्षण, र वातावरण संरक्षण गर्न पहलका लागि आफ्ना रणनीति तय गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले जनरल बहिरङ्ग, आकस्मिक सेवा, दन्त सेवा, स्किन केयर सेवा, प्रयोगशाला सेवा ,फार्मेसी सेवा, अन्तरङ्ग सेवा, पेइङ क्लिनिक, खोपसेवा, एक्सरे ,अल्ट्रासाउन्ड, इसीजी लगायतका सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । सिद्धस्थली रुलर कम्युनिटी हस्पिटलद्वारा सञ्चालित यो अस्पताल १५ शैयाको रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*