संस्कृत व्याकरण पुस्तक आजबाट बजारमा

हेटौडा न्युज
२४ माघ २०८०, बुधबार १८:३४
;

मकवानपुर । हेटौंडामा आज प्रारम्भिक संस्कृत व्याकरण पुस्तकको विमोचन भएको छ । हेटौंडाका संस्कृत शिक्षक उदिम पन्तले तयार गरेको संस्कृत व्याकरण पुस्तकको वेदका विद्यावारिधि अग्निहोत्री डा.सीताराम खनालले साहित्य सङगम मकवानपुरको सभाहलमा एक कार्यक्रमकाबीच आज विमोचन गरेका हुन् र । सो व्याकरण किताब प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी प्रकाशन भएको लेखकको दाबी रहेको छ ।
पुस्तकको विमोचन गर्दै डा. खनालले वेदको मुख भनेकै व्याकरण भएकोले संस्कृत व्याकरणलाई सबैले बुझ्ने भाषामा प्रकाशित गरिएकोमा लेखक, वितरकलाई बधाई दिएका छन् ।

विश्वका अधिकांश भाषाको जननी नै संस्कृत भाषा भएको भन्दै डा. खनालले संस्कृत अध्ययन र ज्ञान लिनु सबैका लागि जरुरी रहेको बताए । पछिल्ला दिनहरुमा देशमा संस्कृत भाषा मात्रै होईन संस्कृति, अनुशासन सबै हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । संस्कृतभाषाका अध्येता साहित्यकार हयग्रीव आचार्यले पुस्तकमाथि आफ्ना धारणा राख्दै विमोचित पुस्तकमा संस्कृत शब्दको अर्थ नेपाली र अङ्ग्रेजीमा समेत रहेकाले सबैका लागि पठनीय भएको बताएका थिए ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको थियो । विमोचित व्याकरण पुस्तकको वितरक हेटौंडाको किताब घर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*