बागमती प्रदेशसभाको बर्षे अधिवेशन आजबाट अन्त्य

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज राति १२ बजेबाट अन्त्य हुँदै छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रीपरिषदबाट सिफारिस भए अनुसार प्रदेश सभाको १२ औँ वर्षे अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका छन् ।
प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिएका छन् । बागमती प्रदेशसभाको पहिलो बैठक २०७९ साल पौष १८ गते बसेको थियो ।