मकवानपुरमा सिस्नुपानी

हेटौडा न्युज
२२ बैशाख २०८०, शुक्रबार १७:४०
;

मकवानपुर । व्यङ्ग्य साहित्यमा आफ्नो पहिचान बनाएको सिस्नुपानी नेपाल, मकवानपुर शाखाले आज हास्यव्यङ्ग्य कविता प्रतियोगिता गरेको छ । मकवानपुरसहित देशका विभिन्न जिल्लाका १८ जना व्यङ्ग्य साहित्यकारहरुले आफ्नो कविता वाचन गरेका थिए । सिस्नुपानी नेपालका संस्थापक नरनाथ लुईटेलको उपस्थितिमा भएको प्रतियोगितामा भक्तपुरका दिलप्रसाद मूलतिउन् प्रथम् भएका थिए ।

मकवानपुरका प्रभास घिमिरे द्वितीय, सुनसरीका सुरज पराजुली तेश्रो भएका थिए । प्रतियोगितामा सामेल भएका अधिकांश कविता राजनीति, सामाजिक कुरीति, भ्रष्ट्राचारका विषय प्राथमिकतामा परेको थियो ।
सिस्नुपानी नेपालको बार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*