राष्ट्रपति भण्डारी फागुन ९ गते हेटौंडा आउँदै

हेटौडा न्युज
७ फाल्गुन २०७९, आईतवार १४:४३
;

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउने भएकी छिन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन अनावरणकालागि राष्ट्रपति भण्डारी फागुन ९ गते हेटौंडा आउन लागेकी हुन् । अनवरण कार्यक्रमपछि राष्ट्रपतिले नवनिर्मित भवनको अस्पतालको अवलोकन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

२ सय बेड क्षमताको अस्पताल भवन ३५ करोड ३२ लाख रुपैयामा निर्माण भएको हो । प्रतिष्ठानमा विशेषज्ञ सेवासहित ८८ जना चिकित्सकहरु कार्यरत रहेका छन् । अस्पतालमा दैनिक ७ सय ५० जना विरामीहरुले सेवा लिईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*