प्रदेश कृषि मन्त्रालयको ४४ बुँदे योजना सार्वजनिक

हेटौडा न्युज
२६ माघ २०७९, बिहीबार ०७:५३
;

मकवानपुर । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी कार्य सम्पादनका लागि ४४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । मन्त्री केशब प्रसाद पोखरेलले आज हेटौंडामा पत्रकार सम्मेलन गरी आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका थिए । मन्त्री पोखरेलले भूमि उपयोग नीति, किसान र उपभोक्ताबीचको दूरी कम गराउने, कृषिलाई यान्त्रिकीकरण गर्ने, रासायनिक मलका लागि आत्मनिर्भर हुने जस्ता लक्ष्य सहित आफ्नो आगामी कार्य दिशाका बारेमा जानकारी गराएका थिए । सार्वजनिक गरिएका प्रतिबद्धताहरु आफ्नै कार्यकालमा पूरा गरिने र बहुबर्षीय योजना लागू गर्न विभिन्न समितिहरु तयार गरिएको बताएका थिए ।

कृषि उपजको उत्पादन र बजारीकरणमा देखिएको असन्तुलनलाई तत्काल सम्वोधन गर्नका लागि किसानलाई कम मूल्य दिने र उपभोक्तालाई अधिक मूल्यमा विक्रिवितरण गर्ने कार्यलाई तत्काल नियन्त्रण गर्न अनुमति लिएर मात्र कृषि उपज विक्रीवितरण गर्न पाईने व्यवस्था आउँदो एक साता भित्र शुरु गरिने बताईएको छ । गरिनेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*