एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको ११ माघमा बैठकले एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षाको तालिका अनुसार चैत १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।