बागमतीमा मुख्यमन्त्रीसहित ३ जनाले लिए सपथ

मन्त्रालय घट्ने, मन्त्री परिषदको पूर्णता १५ दिनभित्र
हेटौडा न्युज
२६ पुष २०७९, मंगलवार १२:३५
;

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जमरकट्टेलसहित २ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज प्रदेश प्रमुख यादवचन्द्र शर्माले जमरकट्टेलसहित एमालेका जगन्नाथ थपालिया आर्थिक मामिला मन्त्री, राप्रपाका उद्धव थापाले विना विभागीय मन्त्रीको सपथ लिएका छन् ।

नवनियुक्त मुख्यमन्त्री जमरकट्टेलले १५ दिनभित्र मन्त्री परिषदले पूर्णता पाउने मुख्यमन्त्री जमरकट्टेलले जानकारी दिएका छन् ।
सरकारमा माओवादी सहित एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सहित ७० प्रदेश सभा सदस्यको समर्थन छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*