गठबन्धनको सिट बाँडफाँटमा सहमति : मकवानपुरको क्षेत्र नम्बर १ कांग्रेसलाई, एकीकृत समाजवादीलाई २ नम्बर क्षेत्र

लामो समयसम्मको निरन्तर छलफलपछि सत्ता गठबन्धनमा प्रतिनिधिसभा सिट बाँडफाँटमा लगभग सहमति जुटेको छ ।
गठबन्धनमा आवद्ध पाँच दलस् नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)का शीर्ष नेताहरूले निरन्तर छलफल पश्चात् सिट बाँडफाँटलाई करिब सहमति नजिक पुर्याएका हुन् ।
बुधबार रातिसम्म भएको छलफलले केही क्षेत्रका थोरै सिटबाहेक सबै क्षेत्र सहमति टुङ्ग्याएको हो । जसअनुसार हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको गठबन्धन निकट स्रोतले जानकारी गराएको छ । त्यस्तै मकवानपुरमा भएका २ वटाक्षेत्रमा क्षेत्र नम्बर १ कांग्रेसलाई र एकीकृत समाजवादीलाई २ नम्बर क्षेत्र भागमा परेको छ । लामो समयसम्म माओवादीको असहमती रहेपनि मकवानपु्रमा माओवादीले प्रदेशमै चित्त बुझाउन पर्ने देखिएको छ ।
कुनले कहाँ पाए? प्रस्तुत छ हालसम्म टुङ्गाे लागेका निर्वाचन क्षेत्रहरू:
कांग्रेसले पाउने निर्वाचन क्षेत्र
कञ्चनपुर- ३,
कञ्चनपुर-२,
डडेलधुरा,
दार्चुला,
कैलाली- १, ४, ५,
अछाम -२,
बाजुरा,
सुर्खेत- १ र २,
दैलेख – २,
मुगु,
नवलपरासी पश्चिम -२,
बर्दिया- १,
चितवन – १ र २,
गोरखा – १,
मनाङ,
कास्की- १,
तनहुँ- १ र २,
स्याङ्जा- १ र २,
नवलपरासी पूर्व- १ र २,
म्याग्दी,
पर्वत,
गुल्मी- १,
पाल्पा- १,
अर्घाखाँची,
रुपन्देही – ३,४ र ५,
कपिलबस्तु – २, ३,
दाङ- ३,
बाँके – ३,
पाँचथर,
इलाम-२,
झापा – १,३ र ४,
संखुवासभा,
तेह्रथुम,
धनकुटा,
मोरङ-१,२,३ र ६,
सुनसरी – २,३ र ४,
ओखलढुंगा,
उदयपुर – १,
सप्तरी -३, ४,
सिरहा – १, २
धनुषा- २, ३ र ४,
महोत्तरी – २ र ३,
सर्लाही – ४,
बारा- १,
पर्सा -३ र ४,
सिन्धुली-१,
रसुवा,
धादिङ – २,
नुवाकोट -२,
काठमाडौं – १, १०, ३,४,५,६,
भक्तपुर – १ र २,
ललितपुर – १,
काभ्रे-२
सिन्धुपाल्चोक – २
मकवानपुर- १
धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि विवाद छ । जहाँ जसपाले पनि दाबी गरेको छ ।
माओवादीले पाएको निर्वाचन क्षेत्र
झापा २, ५,
भोजपुर,
ताप्लेजुङ,
मोरङ ४, ५,
सोलुखुम्बु,
उदयपुर २,
सिरहा ३,
धनुषा १,
महोत्तरी १,
सर्लाही ३,
सिन्धुली १,
नुवाकोट १,
काठमाडौं २,
काठमाडौं ९,
काभ्रे १,
सिन्धुपाल्चोक १,
चितवन ३,
गोरखा २,
लमजुङ
कास्की १ वा ३,
बागलुङ २,
कपिलबस्तु १,
रुकुम पूर्व,
रोल्पा,
दाङ २,
बाँके १,
बर्दिया २,
नवलपरासी पश्चिम १,
जुम्ला,
कालीकोट,
जाजरकोट,
हुम्ला,
रुकुम पश्चिम,
अछाम १,
कैलाली २ र ३ ,
बैतडी,
कञ्चनपुर १
बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा सहमतिको प्रयास जारी छ ।
जसपाले पाएको निर्वाचन क्षेत्र
सुनसरी १,
सप्तरी १,
सिरहा ४,
महोत्तरी ४,
सर्लाही १,
रौतहट ३,
बारा २,
बारा ३,
पर्सा १ र २,
काठमाडौं ७,
बाँके,
सप्तरी २
धनुषा ३, महोत्तरी ३ र रुपन्देही १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।
एकीकृत समाजवादी पाएको निर्वाचन क्षेत्र
इलाम १,
रौतहट १,
बारा ४,
धादिङ १,
काठमाडौं ८,
ललितपुर २,
मकवानपुर २,
कास्की २,
गुल्मी २,
पाल्पा २,
रुपन्देही २,
दाङ १,
डोल्पा,
दैलेख १,
अछाम १,
बझाङ,
डोटी
बारा ४, धादिङ १, अछाम १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।
राष्ट्रिय जनमोर्चाले पाएको निर्वाचन क्षेत्र
बागलुङ १,
प्युठान