नवनियुक्त मन्त्रीहरूले शपथ लिए

हेटौडा न्युज
२० असार २०७९, सोमबार १८:२३
;

मकवानपुर । सोमबार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रूपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो ।

मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*