पेट्रोलियम पदार्थको मूल्य बढाउनु बाध्यता हो: मन्त्री बडू

मकवानपुर । सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनुपर्ने बाध्यता रहेको स्पष्टीकरण दिए । उनले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले विदेशबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताए ।
मन्त्री बडूले इन्धनमा लिँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर घटाएर मूल्य कम गरेको दावी गरे । मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७ सय ५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको बताए ।