अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको पहिलो विस्तारित बैठकमा कुटाकुट भएको छ ।
नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको हो । महासचिव दीपेश पुन झडप रोक्न आफै मैदानमा उत्रिए पनि विरोध र नाराबाजी भएको छ ।
असन्तुष्ट पक्षले तानाशाह चल्दैन भन्दै केन्द्रीय समिति बैठकलाई अवैध गुट बैठक भनेका छन् । संगठनले पवन कार्की लगायत समानान्तर कमिटी बनाउनेमाथि कारबाही गरेको छ । अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भनिएको बैठकमा तनाव भएपछि उनी नजाने भएका छन् ।