पोखरामा समाजवादीका आचार्य निर्वाचित

हेटौडा न्युज
११ जेष्ठ २०७९, बुधबार १०:३०
;

मकवानपुर । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८ हजार ८ सय ९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८ सय ४८ मत पाए ।

उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । काङ्ग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५ सय ४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६ सय ६३ मत पाइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*