काठमाडौंमा ९३ हजार ६ सय ४७ मतगणना गर्दा बालेनको फराकिलो अग्रता

हेटौडा न्युज
७ जेष्ठ २०७९, शनिबार १३:५५
;

मकवानपुर । काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये करिब आधाको गणना गर्दा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता बनाएका छन् ।

गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ मत खसेको थियो । त्यसमध्ये हालसम्म ९३ हजार ६४७ मतको गणना भएको हो । अब ९७५३९ मत गन्न बाँकी छ ।

हालसम्मका अपडेट अनुसार अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजार १ सय ३० मत ल्याएका छन् । उनी मुख्य प्रतिस्पर्धीभन्दा १५ हजार ५८३ भोटले अगाडि छन् । दोस्रो स्थानमा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना श्रेष्ठको तीब्र प्रतिस्पर्धा छ । हालसम्म सिर्जनाभन्दा स्थापित १ सय १८ भोटले अगाडि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*