आजबाट टाईफाइड बिरुद्ध खोप लगाउन सुरु, मन्त्री खतिवडाले गरे उद्घाटन
मकवानपुर । १५ महिना देखि १५ वर्ष उमेर समूहका देशभरका बालबालिकालाई आजदेखि टाईफाइड बिरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
शुक्रवार संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले गृह जिल्ला मकवानपुर पुगेर आज खोप अभियानको सुरुवात गरेका हुन् । उनले देशभरका स्वास्थ्य संस्था तथा विद्यालयमा रहेका ५० हजार भन्दा बढी खोपकेन्द्र मार्फत ७५ लाख बालबालिकाहरुलाई खोप लगाईने बताएका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएका कारण खोप अभियान छिट्टै सक्न मन्त्री खतिवडाले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । सरकारले आजदेखि बैशाख १८ गते सम्म खोप अभियान सञ्चालन गर्ने बताएको छ ।