भ्यूटावरको उद्घाटन गर्दे ओलीले भने ‘एमालेको सरकारले अघि सारेको पूर्वाधार सम्पन्न हुन थाल्यो’

हेटौडा न्युज
१५ चैत्र २०७८, मंगलवार १२:५४
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको तीनवर्षे सरकारले अघि सारेका विकास पूर्वाधार सम्पन्न भएपछि विरोधीहरू सलबलाएको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमामा बनेको १० तले भ्यूटावरको उद्घाटन गर्दै ओलीले एमाले नेतृत्वको तीनवर्षे सरकारले अघि सारेका विकास पूर्वाधार सम्पन्न भएपछि विरोधीहरू सलबलाएको बताएका हुन् । वितेको ३ वर्षमा एमालेले विकासका थुप्रै आधार तयार गरेको दाबी गरे ।

शिक्षा, पर्यटन विकासका योजना तथा तिलोत्तमा नगरपालिकाले गरेका नमूना कामको प्रशंसा गर्दे ओलीले विकासका योजनामा स्थानीय सरकारले योजना बनाउन आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*